काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आज (सोमबार) आफूले मन्त्री भएपछि गरेको प्रगति विवरण सार्वजनिक गर्दैछिन् ।
मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उनले आज मध्यान्न पत्रकार सम्मेलन गरी प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रम छ ।
गत असार अन्तिम साता प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले २२ असोजमा मात्र मन्त्रिपरिषद् विस्तार गरेका थिए । २२ असोजमा १६ मन्त्री र २ राज्यमन्त्री थपिँदा झाँक्री पनि सहरी विकासमन्त्री बनेकी थिइन् । उनी आज १०० दिने प्रगति सार्वजनिक गर्न लागेकी हुन् । नेकपा ( समाजवादी) बाट मन्त्री बनेकी झाक्री तत्कालीन एमालेको विद्यार्थी भात्रृसंगठन अनेरास्ववियु की अध्यक्ष हुँदै राजनीतिमा उदाएकी नेतृ हुन् ।
यसबीचमा उनले विकास निर्माणका काम उपभोक्ता समितिमार्फत गर्दा भ्रष्टाचार बढेको भन्दै रोक्नेसम्मको साहसिक निर्णयसमेत गरेकी थिइन् ।
प्रतिक्रिया लेख्नुहोस्:-