काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले प्रदेश नम्बर २ को नाम मधेस कायम भएकोमा आफू निकै खुसी भएको बताएका छन्।
सोमबार प्रदेश नम्बर २ प्रदेश सभामा गरिएको मतदानले प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम राख्ने प्रस्ताव बहुमतले पारित गरेको हो।
उक्त खबर सार्वजनिक हुनासाथ जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका डा. भट्टराईले मधेस प्रदेश नाम कायम हुनुमा मधेसी जनताको ‘बलिदानको फल’ बताउँदै पहिचान विरोधीहरूविरुद्ध कडा प्रतिक्रिया दिएका हुन्।
‘मधेस प्रदेश नामकरणको ऐतिहासिक महत्त्व सबैले बुझौं। यो कसैको दयाले नभई मधेसी जनताले आफ्नो पहिचान र अधिकारका निम्ति गरेको बलिदानको फल हो। अरू जातिरराष्ट्रियताले पनि ढिलो–छिटो प्राप्त गर्नैपर्छ’, उनले लेखेका छन्, ‘इन्द्रेणीका विविध रंग देखिँदा आकासै खस्छ भन्ने मूर्ख र ठगहरू कुनै दिन इतिहासको कठघरामा उभिनैपर्छ।’
प्रतिक्रिया लेख्नुहोस्:-