काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या २५ हजार भन्दा माथि भइसकेपछि प्रशासनले थप कडाइ गर्न थालेको छ
राजधानी उपत्यकामा कोरोना संक्रमित तीव्र गतिमा थपिन थालेपछि जिल्ला प्रशासन कार्यालयले मंगलबार २७ बुँदे आदेश जारी गरेको हो . काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले जारी गरेको आदेशमा यसअघि मन्त्रिपरिषद्ले पारित गरेकै अधिकांश बुँदाहरु छन्।
प्रशानसले अबदेखि माघ मसान्तसम्म सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप सञ्चालनमा निषेध गरेको छ। त्यस्तै गोष्ठी, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमको उपयोग गर्न पनि भनिएको छ।
भौतिक रुपमा उपस्थित भई गर्नुपर्ने भए जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी बढीमा २५जना मात्र सहभागी हुने गरी सञ्चालन गर्न पनि भनिएको छ। यही माघ ७ गतेपछि खोपको पूरा मात्रा लगाएका व्यक्तिहरु मात्र उपस्थित हुने गरी कार्यक्रम गर्न पनि प्रशासनले भनेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-