काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना संक्रमण पुष्टि भएको छ। पीसीआर परीक्षण गर्दा उनलाई संक्रमण पुष्टि भएको उनका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिए।
पौडेलका अनुसार राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। तिमिल्सिना अहिले बालुवाटारस्थित सरकारी निवासमा स्वास्थ्यलाभ गरिरहेका पौडेलले जानकारी दिए। यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोभिड संक्रमण पुष्टि भएका थिए । आल उनी संक्रमणमुक्त भइसकेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-