काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन भत्काएर भए पनि निकम्मा सरकार फाल्ने बताएका छन् । पूर्व प्रधानमन्त्री ओलीले आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी निकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्ने क्रममा यस्तो उद्घोष गरेका हुन् ।
उनले अहिले देश बर्बाद हुँदै गएको भन्दै मिसन ०८४ कुर्न नसक्ने अवस्था आउने बताए । उनले बर्बादी नरोकिए वर्तमान गठबन्धन भत्काएर भए पनि सरकार सञ्चालन गर्ने आशय व्यक्त गरे ।
उनले अहिलेको सत्ता गठबन्धनका नेताहरू भ्रष्टाचारी कमिसनतन्त्रीय वंश, निकम्मा गोत्र र देशद्रोही जातका भएको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-