काठमांडौं / दूरबिन संवाददाता –
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट सभामुख भएका कृष्ण वहादुर महरा यौन काण्डमा मुछिएपछि रिक्त भएको सभामुख पदमा नेकपालेले अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आइतबार बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको हो । पूर्व सभामुख सुभाषचन्द्र नेम्वाङलाई नै अगाडि सार्न सक्ने आकलनका वीच बैठकले एकमतले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । दुई पार्टीको एकिकरण पछि तत्कालिन एमालेलाई प्रधानमन्त्री र माओवादीलाई सभामुख गराएर मिलाईएको थियो । निक्कै घम्साघंसी पछि दुई पक्ष बीच पुरानै सहमतिमा अगाडि बढ्ने निर्णय भएको हो । सापकोटा नेकपाका भित्र प्रचण्डका विस्वास पात्र मानिन्छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-