काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निःशुक्ल आइसोलेशन सञ्चालनका लागि आफूहरु तयार रहेको बताएका छन् ।
काठमाडौं महानगर वडा—२३ मा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै सीसीएमसीसँग उनले आइसोलेशन र क्वारेन्टिन सञ्चालनका लागि तयार रहेको बताएका हुन् ।
उनले भने, ‘हामीले त्यसका लागि गृहमन्त्रीज्यु, विभिन्न अस्पताल र नेपाली सेनासँग छलफल गरेका छौँ । हामीले नेपाली सेना र अस्पतालहरुलाई तयारी अवस्थामा रहन भनेका छौं । हामी पनि तयारी अवस्थामा छौं। आवश्यक पर्यो भने तुरुन्तै निः शुल्क आइसोलेशन र क्वारेन्टीनहरु सञ्चालन गर्न सक्छौं।’
उनले कोरोना संक्रमणको तेस्रो लहर सुरु भएपछि सीसीएमसीले कोभिड–१९ संकट व्यवस्थापनका हरेक निर्णयमा स्थानीय सरकारसँग सल्लाह र समन्वय नगरेको आरोप पनि लगाए । पहिलो र दोस्रो लहरका समयमा समन्वय हुने गरेको भएपनि अहिले त्यसो हुन नसकेको उनले बताए ।
उनले भने, ‘अहिले कोरोना संक्रमण दर बढिरहेको अवस्थामा म पुनः काठमाडौं महानगरवासी र उपत्यकावासीलाई बढी हेलचेक्रयाइँ नगरौं भन्ने अपिल गर्न चाहन्छु ।
प्रतिक्रिया लेख्नुहोस्:-