काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका विषयमा संविधान र ऐनका व्यवस्थाबीच विरोधाभास रहेकोले त्यसलाई संशोधन गर्न माग गरेको छ । विहीबार कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका विषयमा संविधान र ऐनमा फरक–फरक व्यवस्था हुँदा विरोधाभासहरू रहेको बताए ।
उनले संविधानबमोजिम ऐनको व्यवस्थालाई संशोधन गरेर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा जानुपर्ने बताए । ‘संविधानले राष्ट्रपतिको निर्वाचन भएकै दिनदेखि कार्यकाल सुरु हुने भनेको छ । तर, ऐनले कार्यकाल समाप्त हुनुभन्दा एक महिना पहिले नै निर्वाचन हुनुपर्ने भनेको छ, यहाँ विरोधाभास छ,’ उनले भने, ‘तर त्यसो गर्दा हरेक कार्यकालमा एक–एक महिना कार्यकाल घटेर जान्छ । यसलाई संविधानबमोजिम ऐनको व्यवस्था संशोधन गरेर जाऔँ भन्ने हाम्रो माग छ ।’
प्रतिक्रिया लेख्नुहोस्:-