काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सभामुखबाट एमाले सांसद लक्ष्मी कोइरीलाई पक्राउ गर्न रुलिङ नभएकोमा गुनासो गरेका छन् । उनले विहीबार प्रतिनिधिसभाको बैठकमा हत्याको अभियोग लागेका सांसदसमेत बैठकमा उपस्थित भए नभएको निर्क्योल गरेर मात्र बैठक चलाउन माग गरेका थिए ।
बैठकपछि कांग्रेस सांसद खतिवडाले भने, ‘सभामुखबाट रुलिङ हुनुपर्थ्यो । त्यो भएन । प्रधानमन्त्री र गृहमन्त्री बस्ने संसद्मा आरोपी सांसद बस्ने गरेको रेकर्ड छन् । तर गृहमन्त्रीले पक्राउन गर्न आदेश दिएको कुरा सुन्थ्यो । आफ्नो अगाडि भएकालाई आदेश नदिएर पछाडि भएकालाई आदेश दिने ?’
अदालतको फैसलाको कार्यान्वयनको कुरा आफूले उठाएको भन्दै व्यक्तिगत कसैसँग रिसिबी नरहेको उनले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-