काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले अब आउने निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई राष्ट्रिय पार्टी बन्न पनि मुस्किल पर्ने टिप्पणी गरेका छन् ।
महासचिव पोखरेलले आज पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा यस्तो टिप्पणी गरेका हुन् ।
उनले माओवादी नेतृत्वको सरकारले राष्ट्रिय चूनौतिलाई सामना गर्न नसकेको भन्दै शसक्त रुपमा जनताका बिचमा जानुपर्ने अवस्था देखिएको धारणा राखे । उनले प्रधानमन्त्रीले नै छिमेकीहरूका लागि कम्र्फटेवल हुने बताइरहेको भन्दै राष्ट्रिय हितका प्रश्नमा लम्पसारवादी नीतिलाई अवलम्बन गर्ने काम सत्तापक्षबाट भइरहेको तर्क गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-