काठमाडौं । पछिल्लो २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोनाको तेस्रो लहर आएपछि काठमाडौं उपत्यकामा समेत संक्रमण अत्यन्त तीब्र रफ्तारमा बढिरहेको छ । दोस्रो लहरमा यति धेरै संक्रमण फैलिएको थिएन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २७ हजार ४९७ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्।
आज ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ६३२ पुगेको छ। यस्तै आज ६४९ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हाल देशभर ५७ हजार ३२८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले बताएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-