काठमाडौं । स्थानीय निर्वाचन लगायतका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक आज फेरि बस्ने भएको छ ।
स्थानीय तहको निर्वाचन कि संघीय संसदको निर्वाचन पहिला गर्ने भन्ने विषयमा सरकारमा सहभागी दलबीच नै मतऐक्यता छैन । पेचिलो बन्दै गएको यस प्रस्तावबारे छलफल गर्न गठबन्धनको बैठक अपराह्न ४ बजे बस्न लागेको हो।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार गठबन्धनको बैठकमा निर्वाचनलगायतका अन्य समसामायिक राजनीतिक बिषयमासमेत छलफल हुनेछ ।
माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दुवै कोरोना संक्रमित भएपछि विगत केही समयदेखि गठबन्धनको बैठक बस्न सकेको थिएन । दुवै नेता संक्रमणमुक्त भएपछि बिहिवार प्रधानमन्त्री शेरबहादुर देउवासहित बार्ता भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-