Saturday, February 4, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

ब्यक्तिहत्याको धम्की दिने मन्त्री यादवलाई पदमुक्त गरी कारबाही गर्न नागरिक समाजको अपिल ( अपिलसहित)

माघ ७, २०७८ ४:३९ मा प्रकाशित
ब्यक्तिहत्याको धम्की दिने मन्त्री यादवलाई पदमुक्त गरी कारबाही गर्न नागरिक समाजको अपिल ( अपिलसहित)
Share on FacebookShare on Twitter

काठमाडौं । हत्याको धम्की दिने भौतिक पूर्वाधारमन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गरी कारबाहीको दायरामा ल्याउन नागरिक समाजका अगुवाहरुले माग गरेका छन् ।

नागरिक समाजका अगुवाहरु डा. केदारनरसिंह केसी, चरण प्रसाई, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनिश्वर आचार्य र कनकमणि दीक्षितले आज एक नागरिक अपिल जारी गर्दै सामाजिक हिंसा फैलाउने अभिव्यक्ति दिएकोप्रति आपत्ति प्रकट गरेका छन् ।

मन्त्री यादवले गत माघ ५ गते रौतहटमा आयोजित कार्यक्रममा ‘गौर हत्याकाण्ड’ दोहोरिन सक्ने चेतावनी दिएकी थिइन् । उनले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई धम्की दिँदै गौर हत्याकाण्ड जस्तै अवस्था भोग्नुपर्ने चेतावनी समेत दिएकी थिइन् ।

नागरिक अपिलमा गौर हत्याकाण्डको स्वीकारोक्ति र हिंसालाई प्रोत्साहन गर्ने अभिव्यक्ति दिने यादव मन्त्री पदमा रहन अयोग्य भएको दाबी गरिएको छ । ‘ बहालवाला मन्त्रीले व्यक्ति हत्याको धम्की दिनु र विगतका हत्याकाण्डमा सामेल भएको विषयलाई गर्वका साथ स्वामित्व लिनु मुलुकमा जारी दण्डहीनताको प्रतिफल हो ’, अपिलमा भनिएको छ ।

मन्त्री यादवको अभिव्यक्ति सार्वजनिक भएको ३ दिनसम्म नेपाल सरकारबाट कुनै चासो, चिन्ता वा सरोकार व्यक्त नहुनुले सरकारको धारणामाथि नै गम्भीर प्रश्न पैदा भएको बताइएको छ । उनीहरुले मुलुकमा कानूनी शासनको अनूभूति गराउन आवश्यक कदम चाल्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रहसमेत गरेका छन् ।

नागरिक अपिल

हत्याकाण्डमा सामेल भएको स्वीकार गर्ने तथा व्यक्तिहत्याको धम्की दिने संघीय मन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गर ।

२०७८ माघ ७

संघीय सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले यही २०७८ माघ ५ गते रौतहट जिल्लाको गौरमा आयोजित राजनीतिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा व्यक्तिहत्या र सामाजिक हिँसा फैलाउने अभिव्यक्ति दिएकोप्रति हामी गम्भीर आपत्ति व्यक्त गर्दछौं ।

१. चर्चित गौर हत्या काण्ड २०६३ चैत ३ गते तत्कालीन मधेसी जनअधिकार फोरमको अग्रसरतामा घटाइएको सामूहिक हत्या थियो, जसमा २८ जना माओवादी समर्थक व्यक्तिहरुले अनाहकमा जीवन गुमाउनुपरेको थियो । वर्वर र पाशविक यस हत्याकाण्डका अभियुक्तलाई न्यायको कठघरामा अझैसम्म उभ्याउन नसकिएको र समाजमा दण्डहीनता कायमै रहेको अवस्थामा मन्त्री रेणु यादवको अभिव्यक्तिले उक्त हत्याकाण्डमा निजको दलको समेत सहभागिता भएको स्वीकारोक्ति सार्वजनिक भएको छ ।

२. मन्त्री रेणु यादवले माघ ५ गते आयोजित सोहीकार्यक्रममा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) को नाम लिएर राउतलाई गौर हत्याकाण्ड जसरी नै घेरा हाली ज्यान लिने धम्की दिएको तथ्यसमेत प्रमाणित हुने श्रव्य९दृश्य सामग्री सार्वजनिक भएके छ । मन्त्री पदको गरिमालाई नसुहाउने, आपराधिक मनोवृत्ति प्रष्ट पार्ने, पुरानो अपराध समेत सार्वजनिक रूपमा स्वीकार गर्ने रेणु यादव जनताप्रति उत्तरदायी कुनैपनि पदमा रहन अयोग्य भएको यसबाट स्वतस् स्पष्ट हुन्छ ।

३. बहालवाला मन्त्रीले व्यक्ति हत्याको धम्की दिनु र विगतका हत्याकाण्डमा सामेल भएको विषयलाई गर्वका साथ स्वामित्व लिनु मुलुकमा जारी दण्डहीनताको प्रतिफल हो । मन्त्री यादवको हिंसात्मक अभिव्यक्ति सार्वजनिक भएको तीन दिनसम्म नेपाल सरकारबाट कुनै चासो, चिन्ता वा सरोकार व्यक्त नहुनुले यस्तो हिंसात्मक सोच र कार्य संघीय सरकारको धारणा हो कि होइन भन्ने गम्भीर प्रश्न समेत पैदा भएको छ। मुलुकमा कानुनको शासन कायम छ भन्ने अनुभूति जनतालाई गराउनु सरकारको पहिलो दायित्व हो र यसको अग्रसरता प्रधानमन्त्री शेरबहादुर देउवाले आफैं लिनु अति आवश्यक छ । अतस् हामी प्रधानमन्त्री देउवा समक्ष मन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गरी कानुनी कारवाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं ।

हस्ताक्षरकर्ता

१. डा. केदानरनरसिंह केसी

२. चरण प्रसाई

३. गणेशकुमार मण्डल

४. सुशील प्याकुरेल

५. तारानाथ दाहाल

६. इन्द्र अर्याल

७. महामुनीश्वर आचार्य

८. कनकमणि दीक्षित

‘

सम्बन्धित समाचार

राष्ट्रपतिमा एमालेले बालहठ देखायो : कांग्रेस नेता कार्की
Breaking News

राष्ट्रपतिमा एमालेले बालहठ देखायो : कांग्रेस नेता कार्की

नेपाली कामदारलाई आफ्नै नागरिकसरह तलब दिने मलेसियन गृहमन्त्रीको प्रतिबद्धता
Breaking News

नेपाली कामदारलाई आफ्नै नागरिकसरह तलब दिने मलेसियन गृहमन्त्रीको प्रतिबद्धता

ऐन, नियम बनाउने क्रममा संसदमा दलहरू विभाजित हुनुहुँदैन :महामन्त्री थापा
Breaking News

सन्दीपको निलम्बन फुकुवा गर्ने क्यानको निर्णय हतारमा भएको गगन थापाको आरोप

मधेस प्रदेशमा ६ मन्त्री लिए शपथ
ट्रेन्डिंग न्यूज्

मधेस प्रदेशमा ६ मन्त्री लिए शपथ

आचारसंहिता पालनामा कडाइ गर्न थपलियाको निर्देशन
Breaking News

अहिलेको चुनाव कम खर्चमा सम्पन्न भयो : प्रमुख निर्वाचन आयुक्त

व्यवसायीलाई स्वस्थ ढंगले व्यापार गर्न ओलीको आग्रह
ट्रेन्डिंग न्यूज्

व्यवसायीलाई स्वस्थ ढंगले व्यापार गर्न ओलीको आग्रह

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

राष्ट्रपतिमा एमालेले बालहठ देखायो : कांग्रेस नेता कार्की

राष्ट्रपतिमा एमालेले बालहठ देखायो : कांग्रेस नेता कार्की

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

राष्ट्रपतिमा एमालेले बालहठ देखायो : कांग्रेस नेता कार्की

राष्ट्रपतिमा एमालेले बालहठ देखायो : कांग्रेस नेता कार्की

नेपाली कामदारलाई आफ्नै नागरिकसरह तलब दिने मलेसियन गृहमन्त्रीको प्रतिबद्धता

नेपाली कामदारलाई आफ्नै नागरिकसरह तलब दिने मलेसियन गृहमन्त्रीको प्रतिबद्धता

ऐन, नियम बनाउने क्रममा संसदमा दलहरू विभाजित हुनुहुँदैन :महामन्त्री थापा

सन्दीपको निलम्बन फुकुवा गर्ने क्यानको निर्णय हतारमा भएको गगन थापाको आरोप

पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश

सन्दीपको मुद्दामा कैफियत प्रतिवेदन माग

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.