काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकबाट कर्जा लिएपछि तिर्नुपर्नेमा उल्टै सडक आन्दोलन गर्नु अराजकता भएको बताएका छन्।
गभर्नर अधिकारीले शनिबार कृषि विकास बैंकको ५६ औं वार्षिक साधारणसभामा बोल्दै बैंकहरुबाट कर्जा लिने अनि तिर्नुको सट्टा सडकमा उफ्रिएर नतिर्ने गरेको भन्दै बैंकबाट लिएको कर्जा तिर्न अनुरोध गरे।
बैंकको कर तिर्दिन भन्नु माथिल्लो रुपको अराजकता भएको उनको भनाइ छ। उनले बैंकबाट कर्जा लिएर बैंकको कर्जा वा ब्याज नतिर्ने भन्दै संगठनको नाममा समूह बनाएर सडकमा उफ्रिएर नतिर्ने भनी संगठित रुपमा दबाब दिन नमिल्ने बताए। गभर्नर अधिकारीले पछिल्लो समय बैंक तथा समग्र वित्तीय प्रणालीमा नै यस्ता नयाँ किसिमका चुनौती देखिएको उल्लेख गरे। बैंकको कर्जा सार्वजनिक सम्पत्ति अर्थात् सर्वसाधारणको निक्षेप भएको उनले स्पष्ट पारे।
प्रतिक्रिया लेख्नुहोस्:-