काठमाडौं । नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले एमाले अध्यक्ष केपी ओलीले सरकारमाथि नै धावा बोल्ने काम गरेको आरोप लगाएका छन्।
उनले शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै संविधानले नचिनेको ‘उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक हुँ’ भन्दै ओलीले कार्यपालिकामाथि नै धावा बोल्ने काम गरिरहेको बताएका छन्। सांसद पाण्डेले प्रतिनिधिसभा विघटन गर्नु संविधान विपरित हो भन्ने अदालतको फैसलामाथि नै अपमान गर्ने काम ओलीले गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गरे।
संविधानले प्रधानमन्त्रीभन्दा माथि कार्यपालिकामा कोही पनि नहुने व्यवस्था गरेपनि ओलीले आफूलाई माथि छु भन्ने ठानेको उनको भनाई थियो।
प्रतिक्रिया लेख्नुहोस्:-