काठमाडौं । हिजो बसेको सत्तारुढ दलको बैठकमा निर्वाचनबारे फरक–फरक मत आएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शनिबार) बिहान ९ बजे सर्वदलीय बैठक बोलाएका छन् । स्थानीय तहको निर्वाचन कुन मितिमा गर्ने भन्ने विषयमा छलफल गर्न उनले सर्वदलीय बैठक बोलाएका हुन् ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ । प्रधानमन्त्रीले सत्ता गठबन्धन, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहित संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएका छन् ।
शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।सुरुमा स्थानीय तहको निर्वाचन गर्ने विषयमा आफू प्रतिवद्ध रहेको बताउँदै देउवाले महामारीको समयमा निर्वाचन कसरी गर्ने भन्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-