काठमाडौं । आगामी १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचन एवं तीनै तहका निर्वाचनबारे माओवादी केन्द्रले छलफल गरेको छ । आज (शनिबार) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय आयोगका अध्यक्षहरू तथा निवर्तमान स्थायी समिति सदस्यहरुसँग परामर्श गरेको रमेश मल्लले जानकारी दिएका छन् ।
पार्टी मुख्यालयमा भएको बैठकमा राष्ट्रिय सभा तथा तिनै तहका निर्वाचन, कोभिड –१९, पार्टीका आगामी योजना लगायत समसामयिक विषयमा छलफल भएको मल्लले बताए ।
आजै प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनबारे सबै दलको धारणा बुझ्न आफ्नो निवास बालुवाटारमा सर्वदलीय बैठकको आयोजना गरेका छन् । त्यसअघि आफ्नो पार्टीको धारणा के हुने भन्ने विषयमा अध्यक्षले परामर्श गरिएको बुझिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-