काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई पदमुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन्। शर्माले पदीय मर्यादाविपरीत गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जालमार्फत यस्तो सुझाव दिएका हुन्।
यादवलाई के गर्ने सकिन्छ भन्ने विषयमा शर्माले तीनबुँदे सुझाव प्रस्तुत गर्दै मन्त्री यादवलाई क्षमायाचना गर्न लगाउने,राजीनामा दिन लगाउने पार्टीले फिर्ता बोलाउन वा प्रधानमन्त्रीले पदमुक्त गर्नुपर्ने बताएका हुन्। शर्माले भनेका छन्, ‘हिंसा भड्काउको अभिव्यक्ति जोसुकैबाट होस् स्वीकार्य हुनुहुन्न, विगतको हिंसा देशका लागि गम्भीर पाठ बन्नुपर्छ, रोमान्सको अभिव्यक्ति बन्नुहुन्न।’
मन्त्री यादवले रौतहटमा एक सार्वजनिक कार्यक्रममै जनमत पार्टीका अध्यक्ष डा। सीके राउतको ज्यान लिने धम्की दिएपछि उनको चर्को आलोचना हुँदै आएको छ।मन्त्री यादवले माघ ५ गते गौरमा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत)को नाम लिएर राउतलाई गौर हत्याकाण्ड जसरी नै घेरा हाली ज्यान लिने धम्की दिएकी थिइन्।
प्रतिक्रिया लेख्नुहोस्:-