काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको केही समयअघि ब्यक्त गरेको हिंसात्मक अभिव्यक्तिको सर्वत्र आलोचना गर्दै उनीमाथि कारबाहीको माग भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा)ले बुधबार गौरमा भएको घटनाबारे बोलेको छ ।
मन्त्रीको हिंसात्मक अभिव्यक्तिबारे मौन बसेको उसले सीके राउत नेतृत्वको जनमत पार्टीलाई चेतावनी दिएको छ ।
जसपा नेता एवं मन्त्री यादव गौरमा जाने क्रममा बधुबार जनमत पार्टी कार्यालयले अवरोध गर्न खोजेका थिए । अवरोध छिचोल्दै कार्यक्रममा पुगेकी मन्त्री यादवले २०६३ मा भएको गौर घटना सम्झाउँदै राउतलाई ज्यानमार्ने धम्की दिएकी थिइन् ।
तर जसपाले शनिबार विज्ञप्ति जारी गर्दै बुधबार गैरमा जनमत पार्टीका कार्यकर्ताले हिंसा भड्काउन खोजेको आरोप लगाएको छ । केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, जनता समानवादी पार्टी नेपालको कार्यक्रम तथा यसका कुनै नेता तथा कार्यकर्ताविरुद्ध लक्षित यस्ता अपराधिक कार्य अब उप्रान्त नगर्न सचेत गराइन्छ ।’
प्रतिक्रिया लेख्नुहोस्:-