काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व केपी ओलीले सरकार जोगाउने र ढाल्ने कुराले स्वस्थ समाजको निर्माण गर्न नसकिने बताएका छन् ।
अध्यक्ष ओलीले आइतबार काठमाडौंमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौँ राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै सरकारमा हुनेको ध्यान टिक्नेमा र सरकारमा नहुनेको ध्यान सरकार ढाल्नेमा हुने गरेकाले देशतिर ध्यान जान नसकेको बताए ।
लोकतान्त्रिक अभ्यास गर्ने र स्वस्थ तवरले चल्ने हो भने समाजलाई मद्दत पुराउन सकिने भन्दै ओलीले प्रणालीलाई ठिक बाटोमा लैजाने जिम्मेवारी आफूहरुको भएको धारणा राखे ।
त्यस्तै, ओलीले ४८ सालको चुनावी घोषणापत्र लेख्दा नै आफूले आयुर्वेद स्वास्थ्यलाई प्राथमिकता दिइएको र आगामी दिनमा पनि यस क्षेत्रको सुधारका लागि सरकारसँग आवश्यक छलफल गर्ने प्रतिवद्धता जनाए ।
प्रतिक्रिया लेख्नुहोस्:-