काठमाडौं । आज बसेको नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठकले पार्टी सभापति शेरबहादुर देउवासँग क्षेत्रमा ४० प्रतिशत बराबरको भाग माग्नुपर्ने बताएका छन् ।
आइतबार बत्तिसपुतलीमा बसेको बैठकमा बोल्ने नेताहरुले समूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइरालालाई यस्तो आग्रह गरेका हुन् ।
बैठकमा सहभागी नेता जगदीश्वर नरसिंह केसीले आइतबारको बैठकमा बोल्ने अधिकांश नेताहरुले ४० प्रतिशत भाग नपाए नेतृत्वलाई एकल रुपमा पार्टी सञ्चालन गर्न दिएर आफूहरु १५ औं महाधिवेशनको तयारीमा जुट्नुपर्नेमा जोड दिएको जानकारी दिए।
‘अस्तित्वका लागि ४० प्रतिशत लिनुस्, होइन भने केही चाहिएन भनेर छाडिदिनुस्,’ उनले बैठकमा आफूले राखेको धारणाबारे भने, ‘त्यसपछि हामी पार्टीमा एकलौटी भयो भनेर कार्यकर्ता माझ जाऔँ। महाधिवशेनको तयारीमा लागौँ।’
प्रतिक्रिया लेख्नुहोस्:-