काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू पार्टीलाई एकताबद्ध बनाउन सदैव लागिपरेको बताएका छन् ।
उनले आज कांग्रेसको दोश्रो पर्वत जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै एकले अर्कोलाई हराउने प्रतिस्पर्धामा लाग्दा बलियो पार्टी बनाउन नसकिने बताए ।
‘एकले अर्काको खुट्टा तानेर सफल भईदैन, मिलेर काम गर्नुपर्छ,’ देउवाले भने, ‘फेरि पनि कांग्रेसलाई ठूलो दल बनाएर छाड्छौं ।’ समानुपातिक र समावेशी सिद्दान्तका कारण एकैदलको बहुमत नआएकोले गठबन्धन गरेको स्पष्ट पार्दै सभापति देउवाले एक्लै बहुमत आउने अवस्था आए कांग्रेस एकल निर्वाचनमा जाने समेत बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-