काठमाडौं । गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका ७२ जनामध्ये ६० जनाको शव परिवारलाई हस्तान्तरण गरिएको छ।यती एयरलाइन्सका अनुसार जहाज दुर्घटनामा मृत्यु भएका ६० जनाको शव सम्बन्धित परिवारलाई बुझाइएको हो।
फोरेन्सिक मेडिसिन विभाग महाराजगन्ज काठमाडौंका अनुसार सनाखत भएका चार जनाको शव हस्तान्तरण गर्न बाँकी रहेको र सनाखत नभएका ६ जनाको शव सनाखत गरी हस्तान्तरणको प्रक्रियामा छ।
हराइरहेका २ जनाको खोजी कार्य जिल्ला प्रशासन कार्यालय कास्कीले जारी राखेको र घटनास्थलबाट संकलन गरी फोरेन्सिक विभागमा ल्याइएका मानव अंगहरुको डीएनए परीक्षण कार्य पनि सँगसँगै भइरहेको यती एयरलाइन्सले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-