काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख राजनीतिक सल्लाहकारमा माओवादी केन्द्रमा उपमहासचिव रहेका हरिबोल गजुरेललाई नियुक्त गरेका छन् ।
उनलाई प्रधानमन्त्री प्रचण्डले सोमबार नियुक्ति दिएका हुन् । गजुरेलले प्रधानमन्त्रीले प्रमुख राजनीतिक सल्लाहकार भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गरेको र नियुक्ति दिएको बताए । ‘मैले पार्टीमा जिम्मेवारी दिनुस भनेर आग्रह गरेको थिए तर मसँगै बसेर काम गर्नुपर्छ भनेर प्रमुख राजनीतिक सल्लाहकारको जिम्मेवारी दिनुभयो,’ गजुरेलले भने ।
सिन्धुली स्थायी घर भएका गजुरेल २०७४ मा सिन्धुली(२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा भने उनले टिकट पाएका थिएनन् । २०३३ सालदेखि राजनीतिमा सक्रिय रहँदै आएका उनी २०४२ सालमा नेकपा (मसाल) को केन्द्रीय सदस्य भएका थिए । २०७० मा माओवादीको कोषाध्यक्ष बनेका उनी २०७५ मा स्थायी समिति सदस्य थिए ।
क्जबचभ खष्ब भ्mबष्ि
प्रतिक्रिया लेख्नुहोस्:-