काठमाडौं । केही दिनदेखि चिसो बढिरहेको छ । शनिबार पश्चिमी न्यूनचापीय प्रणाली भित्रिएकाले देशैभर यसको प्रभाव छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली भइ केही स्थानमा वर्षासमेत भइरहेको छ भने अन्य प्रदेशमा पनि आंशिकदेखि सामान्य बदली छ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-