काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीले विरोध गर्दै क्याम्पस अगाडि प्रदर्शन गरेको छ ।
उनीहरुले मूल्यवृद्धि फिर्ता गरिनुपर्ने नारा लगाउँदै नाराबाजीसहित मुल सडकमा टायर बालेपछि प्रहरीले प्रदर्शनकारी विद्यार्थीलाई तितरवितर पारेर टायर निभाएको हो ।
नेपाल आयल निगमले गत बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ, डिजेल तथा मट्टितेलमा पनि तीन रुपैयाँ मूल्य बढाएको छ । यसले अन्य दैनिक उपभोग्य वस्तुहरुको मूल्यवृद्धि भएको भन्दै त्यसको विरोधमा विद्यार्थीले प्रदर्शन गरेका हुन् । आयल निगमले अझै पनि आफूलाई घाटा भएको बताएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-