काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १० हजार ३१९ जनामा कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार १६ हजार ६५४ पीसीआर परीक्षणका क्रममा ८ हजार ५४ जना र ४ हजार ५ सय ४७ एन्टिजेन परीक्षणका क्रममा २ हजार २ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख ३३ हजार ६ सय २६ पुगेको छ । यस अवधिमा ४ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोभिडबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय ५९ पुगेको छ । आज २ हजार ५ सय ४० संक्रमित निको भएका छन् ।
हाल नेपालमा ८२ हजार ५ सय ५० सक्रिय संक्रमित आइसोलेसन र १ सय ४९ जना क्वारेन्टाइनमा रहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-