काठमाडौं । सत्तामा रहेका राजनीतिक दलहरु नै स्थानीय निर्वाचनबारेमा एकमत हुन नसकिरहेको अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवा सभापति रहेको नेपाली कांग्रेसमै फरक मत देखिएको छ । आज नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला समूहले आयोजना गरेकोभर्चुअल बैठक उनीहरुले स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने बताएका हुन्।
नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले संविधानले नै तय गरेको मितिभन्दा दाँयाबाँया गर्न नहुनेमा उनीहरुको जोड थियो ।उक्त समूहले आगामी निर्वाचनमा कांग्रेसले अरु राजनीतिक दलसँग गठबन्धन नगरी कांग्रेस एक्लै भिड्नुपर्ने निष्कर्ष पनि निकालेको छ।
यो समूहले पाँच दलीय गठबन्धनमा बसिरहे कांग्रेसलाई क्षति हुने निष्कर्षसहित आगामी चुनावमा एक्लै लड्नुपर्ने अडान लिएको हो।‘सभापतिले पार्टीभित्र छलफल नै नगरी गठबन्धनका नेतासँग स्थानीय तहको निर्वाचनबारे छलफल गरेको गलत छ।पार्टीभित्र साझा धारणा बनाएर मात्रै अन्य पार्टीसँग छलफल गर्नुपर्थ्यो। न्यायिक साझेदारी भएन। सभापतिले गठबन्धनका नेतासँग एक्लै एक्लै भेटेर आफूअनुकुल कुरा गर्न हुँदैन’, कोइरालाले भने, ‘निर्वाचन सार्ने कुरा पार्टीभित्र हुँदैन। तर समाचारमा निर्वाचन सार्ने कुरा सुनिन्छ। सभापतिले केन्द्रीय समितिको बैठक नबोलाइ एक्लै निर्णय गरिरहेकोमा हाम्रो आपत्ति छ।’
छलफलमा सहभागी नेताहरुले स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने पनि अडान लिएका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-