काठमाडौं । चीनमा लामो समय उपचार गरेर हिजो साँझमात्र काठमाडौं आइपुगेका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन आज बिहानै अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन्।
भेटमा अध्यक्ष प्रचण्डले नेता पुनलाई स्वागत गर्दै उनको पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन्।
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लनासाथ पुनले आफू नेकपा माओवादी केन्द्रको महासचिव पदको स्वाभाविक दाबेदार भएको बताएका थिए। यसअघि बस्ने भनिएको माओवादी केन्द्रको बैठक पनि उनी नआएकै कारण स्थगित गरिएको थियो । अध्यक्ष प्रचण्डसँग नजिक रहेका पुनलाई भावी नेतृत्वकर्ताको रुपमा समेत हेरिएको छ ।
उनलाई चीनमा उपचारको प्रबन्ध मिलाउन पनि अध्यक्ष प्रचण्डले नै कसरत गरेका थिए । पुनले यसको लागि विशेष धन्यवादसमेत दिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-