काठमाडौं । अस्पतालमा कार्यरत धेरै स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण भएपछि एक हप्ताको लागि बन्द गरेको कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले पुनः सञ्चालन गर्दैछ ।
अस्पतालकी निर्देशक डा. मनिषा रावलका अनुसार काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति ल्याएर खोप अभियान पुनः सञ्चालन गर्न लागिएको हो ।
उनका अनुसार मंगलबार बिहान १० बजेदेखि खोप अभियान सुरु हुनेछ । आइतबार अस्पतालमा ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएकाले सोमबारदेखि एक हप्ताका लागि खोप अभियान स्थगन गरेको थियो ।
अस्पतालमा कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, पूर्ण मात्रा र बुस्टर डोज उपलब्ध गराउँदै आएको थियो । पछिल्लो समय स्वास्थ्य संस्थामा कार्यरत धेरै जनालाई नै संक्रमण भएका कारण उपचार र खोेप अभियानको लागि जनशक्तिको अभाव भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-