काठमाडौं । १२ देखि १८ वर्षका किशोर किशोरीलाई लगाउने कोरोना भाइरसविरुद्धको मोडर्ना खोप २३ लाख ४० हजार मात्रा आज नेपाल आइपुग्दै छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाका अनुसार खोप आज बिहान कतार एयरबाट नेपाल आउँदैछ । सरकारले हिजो मात्र थप १६ लाख ६० हजार मात्रा मोर्डना खोप नेपाल ल्याएको थियो ।
यो खोप सरकारले विश्व बैङ्कको सहयोगमा खरिद गरेको सरकारले आफैं खरिद गर्नेगरी सम्झौता गरेको खोपका लागि आवश्यक २ करोड ४ लाख सिरिञ्ज अर्थात् सुइमध्ये ५० लाख नेपाल आइसकेको पनि चौरसियाले बताए।
यसअघि आएको मोडर्ना खोप सरकारले हिमाली तथा पहाडी क्षेत्रका बालबालिकालाई लगाएको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-