काठमाडौं । नेपालका सबै राजनीतिक दलहरुले नेपाललाई भ्रष्टाचारमुक्त गराउने प्रतिवद्धता गरे पनि ब्यवहारमा त्यो लागू भएको छैन । आज (मंगलबार) ट्रान्सपरेन्सी इन्टरनेसनलले जर्मनीमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) मा नेपाल ११७औं स्थानमा देखिएको छ । गत साल पनि नेपाली यही स्थानमा थियो ।
ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टअनुसार भ्रष्टाचार हुने १८० देशमध्ये नेपाल ११७औं स्थानमा परेको हो। नेपालले यो वर्ष १०० मा ३३ अंक मात्रै पाएको हो।
अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रूपमा लिन सकिने ट्रान्सपरेन्सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनमा भनिएको छ। अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रूपमा लिन सकिन्छ’,
रिपोर्टअनुसार १८० देशमध्ये डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्ड कूल १०० मा ८८ अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा परेका छन् भने साउथ सुडान ११ अंक मात्र पाई सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा दरिएको छ।
टीआईले सन् १९९५ देखि हरेक वर्ष भ्रष्टाचार हुने मुलुकको सूची सार्वजनिक गरिरहेको छ। नेपाललाई भने सन् २००४ देखि यस्तो सूचीमा राख्ने गरिएको हो।
प्रतिक्रिया लेख्नुहोस्:-