काठमाडौं । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै रेकर्ड ब्रेक गर्दै सर्वाधिक कोरोना संक्रमित थपिएका छन् । यस अवधिमा १२००८ जनामा कोरोना पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ हजार ९०९ जनामा परीक्षण गर्दा यो संख्यामा संक्रमित देखिएका हुन् । सोही अवधिमा ८ जनाको मृत्यु भएको छ । । सोही अवधिमा ३०४० जना निको भएका छन् । यससँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको छ ।
संक्रमितमध्ये ८ लाख २७ हजार २७९ जना निको भएका छन् भने ११ हजार ३३७ जनाको मृत्यु भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २ लाख ३९ हजार ८५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-