काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अब हुने तीनै तहको चुनावसम्म पाँच राजनीतिक दलको गठबन्धन जारी रहने बताएका छन्।
नेपालले अहिले तत्कालै नेपालमा निर्वाचन हुने अवस्था नरहेकोले आगामी ०७९ चैत महिनासम्ममा सबै तहको निर्वाचन सम्पन्न हुने बताए ।
‘ रामेछापका युवाहरूलाई पार्टीमा प्रवेश गराउने कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, चुनाव चैत वा वैशाखमा गर्ने चर्चा भइरहेको छ। ०७४ मा तीन चरणमा स्थानीय तहको चुनाव भएको थियो। चुनावपछि जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष हुन्छ। ०७४ असोजमा चुनावबाट आएकाहरूको कार्यकाल कहिलेसम्म मान्ने, बहस चलेको छ, ‘संविधानमा गाउँ र नगरका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष भनेको छ। उक्त कार्यकाल सकिएको छ महिनाभित्र चुनाव गर्नुपर्ने लेखेको छ।’
प्रतिक्रिया लेख्नुहोस्:-