काठमाडौं । मंगलबार नयाँबानेश्वरस्थित संसद भवन अगाडिको सडकमा आत्मदाह गरेर मृत्यु भएका इलामका व्यवसायी युवा प्रेमप्रसाद आचार्यलेबारे सरकारले छानबिन गर्ने भएको छ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यले आत्मदाहसम्म पुग्नुपर्ने कारणसहितको विवरण पत्ता लगाउने जिम्मेवारीसहित छानबिन समिति बनाउने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका आचार्यले उठाएका विषयहरुको छानबिन गर्न गृह मन्त्रालयबाटै तदारुकतासाथ लाग्ने निर्णय भएको बताए। उनले मन्त्रालयले सत्यतथ्य बाहिर ल्याएर छानबिनपछिको निष्कर्षअनुसार आवश्यक कदम चाल्ने बताए। लामिछानेले बुधबार नै छानबिनकार्य गृह मन्त्रालयको तदारुकतामा अघि बढाउने बताए।
प्रतिक्रिया लेख्नुहोस्:-