काठमाडौं । नेपाल आयल निगमले पदार्थ खुला रूपमा बोतल, जर्किनलगायतका भाँडामा बिक्री वितरण नगर्न निर्देशन दिएको छ।
असुरक्षित ओसारपसार तथा घर पसलमा भण्डारण गर्दा आगलागी र मानवीय एवं भौतिक क्षतिसमेत हुने भएकाले पेट्रोल पम्पबाट सवारी साधनमा सीधै भर्नेबाहेक अन्य तरिकाले बिक्री नगर्न निगमले भनेको छ।
यसै विषयमा जिल्ला प्रहरी परिसर, काठमाडौंले माघ १० र ११ गते सूचनासमेत प्रकाशित गरेकाले सोहीअनुसार गराउनु निगमले आग्रह गरेको छ।
निगमका बिक्रेताहरूले सुरक्षा संवेदनशीलतालाई अवज्ञा गरी खुला रुपमा बोतल, जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको पाइए कानुनबमोजिम कारबाही गर्ने पनि चेतावनी दिएको छ। हिजो मात्रै काठमाडौंमा एक जनाले शरीरमा पेट्रोल लगाएर आत्मदाह गरेपछि उसले बिक्रि बितरणमा थप कडाई गरेको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-