काठमाडौं । तथ्यांक विभागले आज (बुधबार) राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । विभागले भर्चुअल प्रविधिमार्फत पत्रकार सम्मेलन गरी जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्न लागेको हो ।
कोरोना महामारीकै बीच विभागले जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म भएको थियो ।
प्रारम्भिक नजितामा परिवार संख्या, महिला र पुरुषसहित जम्मा जनसंख्या कति र विदेशमा रहेकाको संख्या लगायतका विषय समेतिएको छ ।
विभागका उपनिर्देशक हेमराज रेग्मीका अनुसार विस्तृत विवरण आउन भने अझै आठदेखि नौ महिना लाग्ने अनुमान छ । विभागले प्रत्येक १०–१० वर्षमा जनगणना गर्ने गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-