काठमाडौं । २०७८ सालमा गरिएको जनगणनाको प्रारम्भिक नतिजा अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।
केन्द्रीय तथ्यांक विभागले आज राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजानिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जानकारी गराएको हो। यसअघि २०६८ मा गरिएको गणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो।
विभागको प्रारम्भिक तथ्यांक अनुसार प्रदेश १ मा ४९ लाख ७२ हजार २१, मधेश प्रदेशमा ६१ लाख २६ हजार २८८, बागमतीमा ६० लाख ८४ हजार ०४२, गण्डकीमा २४ लाख ७९ हजार ७४५, लुम्बिनीमा ५१ लाख २४ हजार २२५, कर्णालीमा १६ लाख ९४ हजार ८८९ र सुदूरपश्चिममा २७ लाख ११ हजार २७० जनसंख्या रहेको छ।
विभागले पूर्ण नतिजा प्रकाशित गर्न भने केही समय लाग्ने बताएको छ । हिमाली जिल्लामा जनसंख्याको वृद्धिदर घटेको छ भने तराइमा बढेको छ । पछिल्लो नतिजा अनुसार पुरुषको भन्दा महिलाको संख्या करीब ६ लाख बढी देखिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-