काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको १३ हजार ५ सय ४९ पिसिआर परिक्षणका क्रममा ५ हजार ५ सय ७१ जना र ६ हजार ८ सय १० एन्टीजेन परिक्षणका क्रममा २ हजार ८ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कोरोनाका कारण पछिल्लो चौबिस घण्टामा थप ५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय ७२ जनाको मृत्यु भएको छ ।
हाल नेपालमा ९० हजार ६७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
ब्ग्त्ज्इच्
इकागज
प्रतिक्रिया लेख्नुहोस्:-