काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले भन्सारमा कार्यरत कर्मचारीलाई सदाचार भएर काम गर्न आग्रह गरेका छन् । उनले बिहीबार ७१औं अन्तर्राष्ट्रिय भन्सार दिवस अवसरमा भन्सार विभागले आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन्।
उनले भन्सार क्षेत्रमा रहेका समस्या र त्यसको समाधानका लागि के–कस्ता उपाय अवलम्बन गर्न सकिन्छ भन्नेमा मन्त्रीभन्दा कर्मचारी नै जानकारी रहेकाले इमानदार भएर काम गर्न निर्देशन दिए। ‘सदाचारपूर्वक जनगुनासो नआउने गरी काम गरे मात्रै कर्मचारीप्रति नागरिकको भरोसा बढ्ने हो। भन्सार प्रशासन वैध व्यापारको प्रवद्र्धन र चुहावट नियन्त्रणमा प्रतिबद्ध भएर लाग्न सके मात्र राजस्व असुली प्रगतिमा पुग्न सक्छ,’ उनले भने।
अर्थमन्त्री पौडेलले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीतिअनुसार काम गर्न लागिपरेको उल्लेख गर्दै तद्अनुरुप काम गर्नुपर्नेमा जोड दिए।
प्रतिक्रिया लेख्नुहोस्:-