काठमाडौं । स्थानीय निर्वाचनबारे सत्तारुढ दलहरुबीचमै मतभिन्नता कायम रहिरहेको अवस्थामा आफ्नो पार्टीको आधिकारिक धारणा बनाउन नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक बोलाएका छन् । बैठक शुक्रबार भर्चुअल माध्यमबाट बस्नेछ ।
कांग्रेस महामन्त्री गगन थापाले कोभिड संक्रमणको जोखिमका कारण भर्चुअल बैठक बोलाइएको बताए ।
‘कोभिडप्रति सजग रहँदै राष्ट्रिय राजनीतिका महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकोले भर्चुअल बैठक बस्न लागेको हो’, महामन्त्री थापाले भने । बैठकमा राष्ट्रियसभा निर्वाचनको समीक्षासँगै स्थानीय निर्वाचनको बारे छलफल हुने बताइएको छ ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले आजै निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गर्दैछन् ।
प्रतिक्रिया लेख्नुहोस्:-