काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवीबीच भेटवार्ता भएको छ । भण्डारीलाई भेटेका छन्। सबै प्रदेशमा राष्ट्रियसभाको परिणाम आएको भोलिपल्ट आज (बिहीबार) दिउँसो ३ बजेदेखि चार बजेसम्म प्रधानमन्त्री देउवाले राष्ट्रपतिसँग संवाद गरेका हुन्।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच एक घण्टा छलफल भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।
राष्ट्रियसभामा अब सत्तारुढ गठबन्धन दुईतिहाइ बहुमत नजिक छ। यस्तो अवस्थामा राष्ट्रपतिसँग प्रधानमन्त्रीको संवादलाई अर्थपूर्ण मानिएको छ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ताको पुष्टि प्रधानमन्त्री देउवाको सचिवालयले पनि गरेको छ।
संसदमा करिब साढे ३ महिनादेखि प्रमुख प्रतिपक्षी दलको अवरोध छ। संसद खुलाउने प्रधानमन्त्रीको प्रयास सफल हुन सकिरहेको छैन।
यस्तो अवस्थामा प्रधानमन्त्रीले राष्ट्रपतिसँग संवाद गरेका हुन्। पछिल्लो समय स्थानीय तहको निर्वाचनलाई लिएर सत्तारुढ र प्रतिपक्षबीच पनि विवाद चलिरहेको छ।
प्रतिपक्षी एमालेले वैशाखमै स्थानीय निर्वाचन गर्नुपर्ने अडान लिएको छ भने सत्तारुढ पाँच दल आगामी असोजदेखि फागुनसम्म तीनै तहको निर्वाचन गर्ने गरी संविधान संशोधन तयारीमा लागेका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-