काठमाडौं । सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध रहेको ठहर गरेपछि रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् ।
उनले बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन्। सिंहदरवास्थित गृह मन्त्रालयबाट उनी सिधै बालुवाटार पुगेर राजीनामा बुझाएका हुन्।
उनले सञ्चारकर्मीसँग सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने र अदालतभन्दा माथि कोही नरहेको बताएका थिए। उनले आफू अनागरिक भएको भन्दै प्रश्न नगर्न सञ्चारकर्मीलाई आग्रह गरेका थिए। त्यसअघि सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध रहेको ठहर गर्दै सांसद र मन्त्री पदका लागि अयोग्य रहेको आदेश सुनाएको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-