काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २८ गते अगाडि नै हुनुपर्ने बताएका छन् ।
नेता कोइरालाले शनिबार नेपाल प्रेस युनियन प्रदेश १ को प्रथम अधिवेशनको विराटनगरमा उदघाटन गर्दै यस्तो माग गरेका हुन् ।
निर्वाचन २८ पछि सारे देशमा अनिष्ट हुने उनको भनाइ छ । ‘राष्ट्रपति निर्वाचन पछि धकेल्नका लागि इफ, बट आवस्यक छैन,’ उनले भने । उनले नेपाली कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-