काठमाडौं । आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म संघ वा प्रदेशको कुनै पनि सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीले पुनः आफ्नो अडान राखेको छ । अध्यक्ष रञ्जिता श्रेष्ठले शनिबार बुटवलमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा यस्तो बताएकी हुन् ।
सरकारलाई समर्थन गरेको उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठले रेशम चौंधरीलगायतका टीकापुर घटनाका बन्दीहरुलाई रिहाइ नगरेसम्म संघ र प्रदेशको कुनै पनि सरकारमा आफ्नो पार्टी सहभागी नहुने अडान कायमै रहेको बताएकी हुन्।
उनले सरकारले आफूहरुको माग सम्बोधन गर्ने भनेकाले त्यो पूरा भएपछि मात्रै सरकारमा जान आफूहरु प्रतिबद्ध रहेको स्पष्ट पारिन्।
प्रतिक्रिया लेख्नुहोस्:-