काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन बुझाइएको छ । प्रतिवेदन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार राष्ट्रपति निवास पुगेर पौडेललाई बुझाएका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार आयोगले राष्ट्रपतिसमक्ष राष्ट्रियसभा निर्वाचन ऐन २०७५ को दफा ६० बमोजिम राष्ट्रियसभा निर्वाचन २०८० को निर्वाचनको परिणामसहितको प्रतिवेदन बुझाएको हो।
यसैबीच प्रमुख निर्वाचन आयुक्त थपलियाले मौनअवधिमा विराटनगरमा आयोजित चियापानलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-