काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले जिल्लामा कोभिड–१९ संक्रमण, शीतलहरको अवस्थाबारे २० जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन वार्ता गरेका छन्।
शनिबार बिहान गृहमन्त्री खाँणले प्रजिअहरुसँग टेलिफोन वार्ताबाट सम्बन्धित जिल्लामा कोभिड–१९ संक्रमणको अवस्था, खोप लगाएकाको संख्या, शान्ति सुरक्षाको अवस्था र न्यानो कपडा वितरणबारे जानकारी लिएका हुन्।
गृहमन्त्री खाँणले मनाङ, डडेल्धुरा, गोरखा, ताप्लेजुङ, बझाङ, सोलुखुम्बु, मुगु, खोटाङ, ओखलढुंगा, सुनसरी, उदयपुर, पाँचथर, सिन्धुपाल्चोक, इलाम, रसुवा, म्याग्दी, लमजुङ, सप्तरी, रौतहट र पर्वतका प्रजिअहरुसँग टेलिफोन वार्ता गरेका हुन्।
वार्ताको क्रममा गृहमन्त्री खाणले जिल्ला प्रशासन र जिल्लास्थित सरकारी कार्यालयमा कोभिडको अवस्था, शान्ति सुरक्षाको स्थिति, तराईमा शीतलहर र हिमालमा हिमपातको प्रभावमा परेका गरिब र अशक्त नागरिकलाई न्यानो कपडा वितरणको कार्यबारे जानकारी लिएका हुन्।
प्रतिक्रिया लेख्नुहोस्:-