काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सूचना वर्गीकरण समितिले गरेको सूचनाको वर्गीकरणको विषयमा छलफल गर्ने भएका छन् । यस विषयमा सरोकारवालाले विरोध गरेपछि उनले त्यसबारे परामर्श गर्न लागेका हुन् ।
यसअघि मुख्य सचिव शंकरदाश बैरागीको नेतृत्वमा रहेको समितिको सिफारिसमा मन्त्रिपरिषद्ले सूचना वर्गीकरण गरेको थियो । त्यस आधारमा विभिन्न ८७ वटा नीतिगत विषय गोप्य रहने उल्लेख थियो । सरकारको निर्णयको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री दाहालले सोमबार त्यसबारे सरोकारवालासँग छलफल गर्ने भएका हुन् ।
प्रधानमन्त्री दाहालले ट्वीटरमार्फत सूचना वर्गीकरणका विषयमा व्यक्त भएका चासोका बारेमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । ‘सूचना वर्गीकरणसम्बन्धी समितिले गरेको निर्णयका बारेमा विभिन्न निकायबाट व्यक्त चासोका बारेमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । भोलि सोमबार सरोकारवाला पक्षहरूसँग छलफल गरी समस्या समाधानबारे आवश्यक निर्णय लिइनेछ,’ प्रधानमन्त्री दाहालले ट्वीटमा लेखेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-