कठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचन तोकिएकै समयमै हुनुपर्ने बताएका छन् ।
उनले विराटनगरस्थित कोइराला निवासमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै लोकतन्त्रको मुख्य मियो भन्नु नै आवधिक निर्वाचन भएकोले यसमा सम्झौता हुन नसक्ने बताए ।
उनले सरकारले निर्वाचनका विषयमा सिधै निर्वाचन आयोगसँग छलफल गरी टुङ्गो लगाउनुपर्ने तर्क गर्दै ऐन कानून परिवर्तन गरेर निर्वाचन सार्न नहुने विचार व्यक्त गरे । उनले भने, “गठबन्धन दलसँग भन्दा पनि सरकारले निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोक्दा राम्रो हुनेछ ।”
केन्द्रीय सदस्य डा।कोइरालाले पार्टीको १४ औँ महाधिवेशनमा पराजित भएका वरिष्ठ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्न नेतृत्वलाई सुझाव पनि दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-