काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले बर्ड फ्लु नियन्त्रण गर्न कुखुरा नष्ट गरिएका साना किसानलाई दिने भनेको क्षतिपूर्ति छिटो दिन माग गरेका छन् ।
उनले बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै बैंकको ऋण तिर्न नसकेर मर्कामा परेका किसानको समस्या बेलैमा बुझ्न सरकारलाई आग्रह गरेका हुन् ।
‘नियम अनुसार यी किसानले पाउने क्षतिपूर्ति ५८ करोड छ । सरकार दिन्न भन्दैन । दिन्छु भन्छ तर दिँदैन । सरकारले कृषकलाई झुलाउँछ । सरकारलाई भ्याइनभ्याई छ । तर बैंकले कृषकलाई समाउँछ’ उनले भने, ‘मेरो सरकारलाई प्रश्न छ । बैंकको ऋणले थिचिएका किसानहरुले कुनै अप्रिय निर्णय नलिएसम्म कुर्ने हो ? अप्रिय निर्णय गरेपछि आशु झार्दै छानबिन गर्न समिति बनाउने हो कि ?’
प्रतिक्रिया लेख्नुहोस्:-